एसपी रिपोर्टर
स्पेन , असार १७ : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठक स्पेनको सेभियामा बसेको छ ।
उक्त बैठकको अध्यक्षता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।ओलीले मंगलबार अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन मन्तव्य दिँदै छन् ।त्यसपछि स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यबद्धतामा लगानी : विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय कार्यक्रमलाई पनि ओलीले सम्बोधन गर्ने तालिका छ।



