एसपी रिपोर्टर
काठमाणडौँ, बैशाख १६
: भारतको मध्य राज्य मध्य प्रदेशमा इनारमा गाडी खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटना मन्दसौर जिल्लामा भएको बताइएको छ।

प्राप्त जानकारीअनुसार, पीडितहरू मन्दिरतर्फ जाँदै गर्दा उनीहरू सवार गाडी एक मोटरसाइकलसँग ठोक्किएको थियो। ठोक्किएपछि चालकले सन्तुलन गुमाउँदा गाडी नजिकै रहेको इनारमा खसेको हो। दुर्घटनामा मोटरसाइकल चालकको पनि तत्काल मृत्यु भएको छ।इनारमा खसेका यात्रुहरूलाई बचाउने प्रयासमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति २ लाख भारतीय रुपैयाँ (लगभग २,३४३ अमेरिकी डलर) आर्थिक सहयोग घोषणा गरेका छन्।