एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ : जनकपुरधामको मात्र नभई सम्पुर्ण मिथिलाञ्चलवासीहरुको मुख्य धरोहर करोडौं हिन्दुहरुको आस्थाको मुख्य केन्द्र र गनतब्य श्री जानकी मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्न अमेरिका निवासी मैथिलहरुले अभियान थालेका छन् ।
संयुक्त राष्ट्र संघिय महासभामा सहभागिताका लागि अमेरिका पुगेका प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटेर अमेरिका स्थित मिथिलावासीहरु नेपाललाई बिश्वमा चिनाउने जनकपुरधाम स्थित जानकी मन्दिर हाल सम्म पनि बिश्व सम्पदा सुचिमा पर्न नसक्नु दुःखद रहेको बताउदै पहलकदमी लिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
मिथिला र मैथिलीको विकास, विस्तार र सभ्यता संरक्षणका लागि अमेरिकामा विभिन्न मिथिला गतिविधीका लागि गठन गरिएको मिथिला आर्ट एण्ड कल्चर सेन्टरका संस्थापनक सभापति अमित प्रसाद साहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउदै जानकी मन्दिर अहिले सम्म ओझेलमा परेको प्रति चिन्ता व्यक्त गरेका थिए ।
आफुहरु मिथिला भाषा, संस्कृती र सभ्यताको संरक्षण र प्रचार प्रसारका लागि अमेरिकामा गरिरहेको गतिविधीहरु प्रधानमन्त्रीलाई जानकारी गराउदै जानकी मन्दिर अहिले सम्म युनेस्कोको सुचिमा किन पर्न सकिरहेको छैन भन्ने विषयमा चासो समेत राखेको साहले बताए ।