एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनको कार्यालयले उल्लेख गरे अनुसार आदित्यनाथले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले टवीट गरि यस्तो निर्देशन दिएका हुन ।
काम, पढाइ तथा अन्य सिलसिलामा उत्तर प्रदेश पुगेका धेरै नेपालीहरु अहिले लकडाउनको कारण रोकिएका छन् । भारतमा मजदुरहरुलाई रेलबाट आफ्नो गन्तव्यमा र्पुयाउने काम शुरु भएसँगै उत्तर प्रदेशका मुख्यमन्त्रीले उत्तर प्रदेशमा रहेका नेपालीलाई पनि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । भारतमा धेरै स्थानमा रहेका मानिसहरु उत्तर प्रदेश हुँदै नेपाल आउने गरेका छन् ।