एजेन्सी
जनकपुरधाम, वैशाख १७ : बुधवार बलिउड र बलिउडका कलाकारहरुको लागि दुःखद दिन । बलिउडले एक कुशल अभिनेता गुमाएको छ । लकडाउनकै बिच लामो समयदेखि क्यान्सर रोगबाट पिडीत बलिउड अभिनेता इरफान खानको निधनको खवरले बलिउड स्तब्ध भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार खानको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पेटमा संक्रमण भएपछि खानलाई आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए । गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएपछि शोकमा रहेको उनको परिवारमा थप शोक र पिडा थपिएको छ । उनकी आमा ९५ वर्षकी थिइन् । आफू समेत बिरामी भएको कारण आफ्नो आमा निधनमा पनि पुग्न सकेन । लकडाउनको कारणले उनको आमा र उनको अन्तिम संस्कारमा तामझाम देखिएन, मात्र परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।
सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । पछिल्लो समय इरफानले अंग्रेजी मेडियम नामक फिल्ममा अभिनय गरेका छन् । इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका थिए । अस्कर फिल्म अवार्ड सम्म पुग्ने कलाकार मध्ये इरफान पनि एक हुन । सन् १९८८ मा इरफानको फिल्म सलाम मुम्बई अस्कार अवार्डको लागि चुनिएपछि अन्तिम चरणमा चुकेको थियो ।