एजेन्सी
जनकपुरधाम, बैशाख ९ : विश्व व्यापी महामारी कोरोना संक्रमण भारतको राष्ट्रपति भवनमा समेत प्रवेश गरेको समाचार छ । भवन भित्रको एक व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती व्यक्तिमा संक्रमण देखिएपछि १ सय २५ परिवारलाई सेल्फ–आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।
भारतको एएनआई समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । पछिल्लो समय कोरोना भारतमा कहर मचाइरहेको छ ।
One COVID-19 positive case found in Rashtrapati Bhavan, 125 families advised to remain in self-isolation as mandated by the Health Ministry’s guidelines as a precautionary measure: Sources
— ANI (@ANI) April 21, 2020





