FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल


राजनितिक उतारचढावले नेपाल भारत सम्बन्धलाई कुनै फरक पार्दैन : सोनल

एसपी रिपोर्टर
बिहार, असार ११ :
नेपाल र भारतको सीमा क्षेत्रका वासिन्दाले दुई देशको सरकारबीचको सम्बन्धमा आउने उतारचढावले नागरिकबीचको सम्बन्धमा असर नपर्ने बताएका छन् । उनीहरुले सदियौंदेखि रहेको जनस्तरको सम्बन्धलाई निरन्तरता दिन सीमाञ्चल क्षेत्रका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । भारत विहारको बैशाली जिल्लास्थित ऐतिहासिक नगर वैशालीमा आयोजित ‘भारत नेपाल समिट २०२२’ का सहभागीले बदलिँदो परिस्थितिमा सम्बन्ध सुदृढ बनाइराख्न चनाखो रहनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका संसदीय दलका नेता जितेन्द्र सोनलले नेपालमा लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । भारतसँगको प्राचीन कालदेखिको सम्बन्ध नयाँ र बदलिदो कालखण्डमा पनि अझ प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको उनले बताए ।

‘रामसीताका सन्तानले उही अवस्था कायम राख्न भूमिका निर्वाह गर्नुपर्छ । दिल्ली र काठमाडौंको नजरले हेरेर हुँदैन । राजनीतिक सम्बन्ध उनीहरुको होला, साँस्कृतिक, रोटीबेटी र नागरिकको सम्बन्धका बारेमा हामीले सोच्नुपर्छ’ उनले भने । नेपालीहरु भारत आउँदा अरु देशमा पुगेकोजस्तो अनुभूति नहुने र भारतीय नागरिकले पनि नेपालमा त्यस्तै हार्दिकता पाउने गरेको उनको भनाइ छ । विशिष्ठ सम्बन्धलाई जोगाउन राज्य, समाज र जनता सबैको साझा कर्तव्य रहेको नेता सोनलले बताए ।

जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकी र भगवान श्रीरामको कालदेखि चलिआएको सम्बन्ध जोगाउन दुई देशका सबै नागरिकको साझा दायित्व रहेको बताए । वैशालीस्थित थाइ मन्दिरका प्रमुख डा. पिसी चन्द्राले दुई देशबीचको सम्बन्ध विश्वमै विशिष्ठ रहेको बताए । नेपाल र भारतबीचको १७ सय किलोमिटरभन्दा लामो खुला सिमाना दुई देशबीचको विशिष्ठ र अभिन्न सम्बन्धको प्रमाणको रुपमा रहेको उनीहरुको भनाइ छ । नेपालमा भारतको विरुद्धमा बाहिरी शक्तिहरुले खेल्न खोज्दा जनताले त्यसलाई निरुत्साहित गर्ने गरेको तर्क उनीहरुको छ ।

मिडिया फर बोर्डर हार्मोनीले थाई अतिथी सदनमा ‘बद्लिदो परिस्थितिमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयमा समिटको आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै भारतका सांसद तथा पूर्व केन्द्रीय मन्त्री अखिलेशप्रसाद सिंहले विपदको समयमा भारत अघि सरेर नेपाललाई सहयोग गर्दै आएको बताए । ‘भूकम्प वा बाढी आउँदा मात्रै होइन, कोभिडकालमा समेत भारत सरकारले अघि सरेर नेपाललाई सहयोग गरेको छ’, उनले भने ‘जनस्तरमा त झनै महत्वपूर्ण सम्बन्ध छ, गोर्खा रेजिमेन्टलाई भारतमा निकै सम्मान गरिन्छ, भारतका हरेक सहरमा नेपाली सहयोगी भेटिन्छ ।’

नेपाल र भारतको सीमामा कहिलेकाहीँ असहज परिस्थिति आउँदा विवेकपूर्ण ढंगले समाधान गर्नुपर्ने सिंहले बताए । ‘दुई देशको सरकारस्तरको सम्बन्धका कारण जनताबीचको सम्बन्ध नखलबलियोस्, त्यसमा ध्यान दिनुपर्छ’ उनले भने । भारतका अर्का सांसद अजय निषादले नेपाल र भारतको सम्बन्धलाई बलियो र प्रगाढ बनाइराख्न नागरिक समाजले अहम भूमिका निर्वाह गरेको बताए । ‘औपचारिक सम्बन्धहरुकाबीच जनस्तरीय अन्तर्क्रिरया र संवाद पनि भइरहनुपर्छ’ उनले भने ।

कार्यक्रममा भारतका विभिन्न पार्टीका विधान सभा सदस्य, नेता, पत्रकार र नागरिक समाजका व्यक्ति सहभागी थिए । कार्यक्रममा नेपाल तर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त नेपाल भारत मैत्री सम्मानबाट सम्मानित भएका छन् ।



Tags: नेपाल भारत सम्बन्ध अटुट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

5 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

12 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy