एसपी रिपोर्टर
अष्ट्रेलिया, असार १९ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरका युवा रितेश कुमार महतोले गैरआवासिय नेपाली संघ, एनआरएनएको चुनावमा उम्मेदवारी दिएका छन् । महतो अष्ट्रेलियाका संघिय राजधानी क्यानवेराबाट स्टेट कोअर्डिनेशन कमिटीको युवा सदस्य पदकालागि आफ्नो उम्मेदवारी दिएका हुन् ।
महेन्द्रनगर निवासी लक्ष्मण महतो र प्रमिला देवी महतोका जेष्ठ सुपुत्र रितेश महतो सन् २०१७ मा उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका हुन् । पेशाले मेकानिकल इन्जिनियर महतो अष्ट्रेलिया आए देखि नै यहाँ स्थित विभिन्न नेपाली संघ–संस्थाहरुमा सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् ।

एनआरएनएको चुनावमा पहिलो पटक उम्मेदवार बनेका महतोले अशोक वस्नेत नेतृत्वको समुहबाट आफ्नो उम्मेदवारी दिएका हुन् । उक्त समुहको उप–संयोजकमा विक्रम सुवेदी, सचिवमा काशी भुषाल, सह–सचिवमा सिता पौडेल र कोषाध्यक्षमा विशाल कँडेल उम्मेदवार छन् । त्यस्तै सागर पौडेलले युवा–संयोजक र अर्जुन केसीले युवा उप–संयोजक पदकालागि आफ्नो उम्मेदवारी दिएका छन् । एनआरएनएकाे अगामी कार्यकाल २०२१-२०२३ काे लागि जुलाई ३१ तारिखमा मतदान हुदैछ् ।



