एसपी रिपोर्टर
युएई, जेष्ठ १० : दुबईमा रहेका मधेशी मूल का आप्रवासी नेपाली नागरिकहरुद्वारा “मधेशी एकता समाज” नामक संस्थाको गठन गरिएको छ । मधेशी हकअधिकारका साथै मधेसको कला, साहित्य, तथा संस्कृति प्रति समर्पित संगठनको पहिलो सभा दुवईमा सम्पन्न भएको हो, र यो संस्था अन्तरास्ट्रिय स्तरमा अन्य विभिन्न देशहरुमा निर्माण हुनेछ ।
भेलाले मुकेश झाको अध्यक्षतामा १५ सदस्सीय केन्द्रिय कार्यसमिती सर्वसहमतिबाट चयन गरेको हो । समितिको उपाध्यक्षमा लालबाबु सिंह, कृष्णा ठाकुर, धर्मेन्द्र गोहियार, रामपुकार राउत, आयाज अन्सारी, महासचिवमा मो. शहनबाज हुसैन, कोषाध्यक्षमा अनिलकुमार साह, सचिवमा अमित साह, विशेष सचिवमा रोशन देब, मुकेश यादव, राधे यादव, राम साह, दिपेन्द्र पाजियार, मनोज यादव, आई.टी. संयोजक ललित राय, सामाजिक संजाल संयोजक हरिदेब शर्मा, सांस्कृतिक संयोजकमा पप्पु यादव र युवा संयोजकमा मुकेश जयसवाल रहेका छन् ।
प्रवक्तामा सन्तोष कुमार ठाकुर त्यस्तै गरी सदस्यहरुमा प्रमोद ठाकुर, देवेन्द्र मुखिया, दिपु यादव, राम पुकार पासवान, संजिव महरा, राम किशोर मण्डल, पन्कज ठाकुर, सागिर साफहि, प्रविन साह लगायत छन् । यो संस्था नेपालमा पनि दर्ता हुनेछ । यो संस्थामा मधेसमा बोलिने सबै भाषा, धर्म र जातिलाई समान स्थान दिइने छ भने सबै राजनीतिक विचारधारासंग सम दुरी कायम गरेर सहकार्य गर्नेछ । मुलभूत रुपमा यो संस्था कुनै पनि पार्टी विशेषको बिचारधारालाई समर्थन गर्ने वा बिरोध गर्ने बाटो अंगाल्ने छैन ।
समाज स्थापनको मूख्य उद्देश्यहरु मधेशमा समाज उत्थानका लागि अग्रगामी जागरण तथा जनचेतना बढाउने कार्यक्रम, मधेसको हक अधिकार सुनिश्चित गर्ने कार्यक्रम, प्राकृतिक आपदामा सहयोग, शिक्षाको प्रवद्र्धन, शिप विकाश, कृषिमा नविनिकरणमा सहयोग आदि कार्यक्रम रहेको समाजका वरिष्ठ सल्लाहकार डा रविन्द्र कुमार यादवले जानकारी दिएका छन् ।