एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : जनकपुरधामको रामानन्दचौकमा नयाँ व्यवस्थापनका साथ थप एक अस्पताल सञ्चालनमा आएको छ । रामानन्दचौक भन्दा केहि उतर तर्फ जनक मेमोरियल हस्पिटल प्रा.ली. आजदेखि विधिवत सञ्चालनमा आएको हो ।
प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले हस्पिटलको समुदघाटन गरेका छन् । तत्कालिन सर्वोदय बोर्डिङ्ग स्कुलको भवनमा केहि दिन अगाडि देखि सञ्चालनमा रहेको सो हस्पिटल नयाँ व्यवस्थापन समुहले विधिवत आज देखि सञ्चालनमा ल्याएको हो ।

हस्पिटल निरिक्षण गर्ने क्रममा मन्त्री यादवले सुविधाजनक उपकरण र उत्तम उद्देश्य हेर्न र सुन्नमा आएको भन्दै व्यापार भन्दा पनि सेवामुलक हस्पिटलको रुपमा सञ्चालन गर्न व्यवस्थापकलाई आग्रह गरेका छन । अस्पताल व्यवस्थापनको तर्फबाट सञ्चालक कुर्बान राइनले आफुहरु समाजिक उतरदायित्व समेत निर्वाह गर्ने भन्दै अति गरिव विपन्नको उपचारमा सक्दो सहयोग गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !