एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७ :
प्याब्सन जनकपुरधामको आयोजनामा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरु भित्रको प्रतिभा उजागर गर्ने अभिप्रायले प्याब्सन जनकपुरधामले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्याब्सन जनकपुरधाममा रहेका ५२ विद्यालयमध्ये सहभागी ११ विद्यालयका विद्यार्थीहरुबीच प्रावि, निमावि तथा मावि ३ कैटोगरीमा प्रतिया्ेगिताको आयोजना गरिएको थियो ।

प्रतियोगितामा प्रावि अन्तर्गत प्रथम स्थान किड्डी कन्भेन्ट सेकेन्ड्री स्कुल, द्वितिय स्थान मिसन सेकेन्ड्री स्कुल र तृतिय स्थान हिमाली इंगलिश बोर्डिङ्ग स्कुल, निमावि अन्तर्गत प्रथम स्थान किड्डी कन्भेन्ट सेकेन्ड्री स्कुल, द्वितिय स्थान सेन्ट जेवियर्स हाइ स्कुल र तृतिय स्थान स्वर्णीम पाठशाला स्कुलले प्राप्त गरेको थियो । त्यस्तै मावि अन्तर्गतको हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हिमाली इंगलिश बोर्डिङ्ग स्कुल, द्वितिय स्थान सेन्ट जेवियर्स हाइ स्कुल र तृतिय स्थान मिसन सेकेन्ड्री स्कुलले प्राप्त गरेको थियो ।

विजयी विद्यार्थीहरुलाई मधेसका प्रदेशसभा सदस्य रामसरोज यादव, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्याब्सन जनकपुरधामका अध्यक्ष रविन्द्र चौधरीले प्याब्सन जनकपुरधामले वर्षभरीमा ७ वटा अतिरिक्त कृयाकलाप गर्ने गरेको र यस वर्ष हाजिरी जवाफ प्रतियोगिताबाट शुरु भएको जानकारी दिए । उनले अब लोकनृत्य प्रीतयोगिता गराउने समेत बताए ।






