एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ :
जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापनका लागि ठोस नीति लिएर अघि बढ्न लागेको छ । उपमहानगरपालिकाले बिहीबार सरोकारबालाहरूसँग छलफल गर्दै स्वास्थ्यजन्य फोहोरमैलाको प्रभावकारी व्यवस्थापनका लागि पब्लिक प्राइभेट पार्टनरसिपको नीति लिएर अघि बढ्न लागेको जानकारी दिएको हो । यसका लागि स्वास्थ्य संस्थाका सञ्चालक, उद्योग व्यवसायी, औषधी व्यवसायीलगायत सरोकारबालासँग छलफल गरेको छ । छलफलमा सहभागीहरूले अस्पताललगायत स्वास्थ्यसंस्थाहरूबाट निस्किने फोहोर व्यस्थापनमा सम्बन्धित पक्षले लापरबाही गरेको भटिए कारबाही गर्न उपमहानगरपालिकालाई सुझाव दिएका छन् । स्वास्थ्य संस्थाबाट निस्किने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा सर्वसाधारणको ज्यानको जोखिम पनि बढ्ने गरेको उनीहरूले बताए । पीपीपी मोडेलमा फोहोर व्यवस्थापन कार्य अघि बढाउनका लागि यही साता सूचना सार्वजनिक गर्ने पनि उपमहानगरपालिकाले जानकारी दिएको थियो ।