एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ : मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले संघीय सरकारकै कारण मधेशको शिक्षास्तर खस्किदैं गएको आरोप लगाएकी छिन् ।
बिहीवार भीएसओ र युथ एडभोकेसी नेपालद्वारा जनकपुरधाममा आयोजित मैकिंग भ्वाइस हेयरड एण्ड काउण्ट ः यूथ लेड एसडीजी मोनेटरिंग प्रोभेन्सियल लेभल सेयरिग इन मधेश प्रदेश कार्यक्रममा बोल्दै मन्त्री शर्मा यस्तो बताएकी हुन् ।
उनले भनिन् संघीय सरकारले षडयन्त्र तहत मधेशको शिक्षा बरर्बाद गर्ने गरी सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गरेको छैन । कानूनमा ५० विद्यार्थीमा प्रति विषय एक शिक्षकको व्यवस्था गरेको छ । तर यहाँ त १२÷१२ विद्यार्थीमा १० जना पनि शिक्षक राखेको छैन । तर पहाडी मूल बसोबास ठाउँमा त २०÷२५ जना मै एक शिक्षकको व्यवस्था गरेको छ ।
मन्त्री तिवारीले प्रदेश सरकारले शैक्षिक स्तर उकास्न ल्याउन लागेको शैक्षिक कार्यविधिमा प्रत्येक माध्यमिकस्तरसम्मको विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गरेको छ । तर संघ सरकारले तोकेका सचिवले हाम्रो अधिकार क्षेत्र पर्दैन भनेर अड्चन गरिरहेका छन् ।
कार्यक्रममा प्रदेश सांसद हरिनारायण यादवले मधेशको शैक्षिक स्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै भने यहाँ निशुल्क शिक्षा र पूर्वाधार भएपनि गरीबी र जनचेतनाको आभावको कारण शैक्षिक स्तर खस्किदैं गएको हो ।
मधेशको शैक्षिक स्तर खस्किनुमा तिनै तहका सरकार दोषी रहेको भन्दै यसमा प्रदेश सरकारले पनि आफ्नोस्तरबाट थप काम गर्नुपर्ने आवश्यकता रहेकोमा सांसद महताले जोड दिए ।
कार्यक्रमका अध्यक्षता गरेका यूथ एडभोकेसी नेपालका केन्द्रिय अध्यक्ष गणेशले दूई दिनसम्म चलेको कार्यक्रममा शिक्षा, लैङ्गिक समानता, जलवायु परिवर्तन र न्याय शान्ति तथा साझेदारी बारे छलफल गरिएको जानकारी दिए ।
सो कार्यक्रममा एनएफडी एनका मधेश प्रदेश अध्यक्ष किरन पासवान, राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनी र गैससका रामचन्द्र साह लगायतका व्यक्तिहरुले पनि आ आफ्ना धारणा राखेको थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित दलित, अपांगता भएका युवाहरुको सहभागिता रहेको थियो ।