एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १५ :
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (चेम्सन) धनुषाको दोश्रो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
शनिवार जनकपुरधाममा सम्पन्न सो अधिवेशनमा बोल्दै प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले मेडिकल व्यवसायमा लागेकाहरु व्यवसायीहरु सामजिक कार्यमा समेत लाग्नुपर्ने आग्रह गरे ।
उनले भने व्यसायमा मात्रै ध्यान नदिई नगरको सरसफाईमा उद्योग वाणिज्यसँग समन्वय गरी समेत लाग्नु पर्छ । जथाभावी राख्ने गरिएको फोहर र सर्जिकल सामाग्रीले नगर दुर्गन्धित बन्दै गएकाले बाहिरबाट आउने दर्शनार्थीहरुमा नाकारात्मक असर पर्ने गरेकाले रसायन तथा मेडिकल व्यवसायीहरुले जउवा संघको सहकार्यमा ठाउँ ठाउँमा डस्टबीन राख्दा सरसफाईमा ठूलो टेवा पुग्नेछ ।
साथै उनले विवाह पञ्चमीको अवसरमा नगरभित्रका सबै व्यवसायी तथा स्थानीयलाई आ आफ्नो प्रतिष्ठान तथा घर घरमा दियो बालेर दिपावली मनाउन आग्रह पनि गरे ।
चेम्सन धनुषाका अध्यक्ष विशिष्ट अतिथि चेम्सनका केन्द्रिय महासचिव विनोद मानन्धर लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए । सो अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिने अध्यक्ष सर्राफले जानकारी दिएका छन् ।