एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ :

नैना हस्पिटलले निःसन्तान दम्पतीका लागि एक दिने शिविर आयोजन गरेको छ । जनकपुरधाममा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै नैना हस्पिलका संचालक डा. बृजमोहन रजकले निःसन्तान दम्पतीका लागि एक दिने निःशुल्क शिविर संचालन गरिएको जानकारी दिए । सो शिविरमा एक सयभन्दा बढी दम्पतीले स्वास्थ्य चेकजाँच गरी सेवा लिएको उनले बताए ।
अधिकांश चेकजाँच गराउन आउने दम्पतीलाई निःसन्तानको शंका लागेको र स्थानीयस्तरमा एक सयजनामा एकाधमा सो समस्या रहने गरेको पाइएको उनले बताए ।
उनले अधिकांश निःसन्तान रहेको भनि शंका लागेको दम्पतीलाई काउन्सिलिंग गरी जनचेतना जागृत गरएको बताउँदै संचालक डा. रजकले प्रायःमा धार्मिक अन्धविश्वासका कारण स्वास्थ्य उपचारको साटो धामिझाक्री र बाबा कहाँ गएर सन्तानका लागि हारगुहार गर्ने मनोवृत्ति देखिएकोले स्थानीयस्तरमा बाँझोपनाको समस्या देखिएको बताए ।