एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ९ :
जनकपुरधाम उपमहानगरपालिकामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन्धी कार्यक्रम अन्तर्गत हात्तिपाइले बिरुद्धको औषधी दिइने भएको छ । लामखुट्टेको टोकाईबाट लाग्ने हात्तिपाइले रोग न्यून पार्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले यो अभियान चलाउन लागेको हो । स्थानीय तह स्तरिय योजना अन्तर्गत वैशाख १६ देखि ३० गते सम्म जनकपुरधामको प्रत्येक वडामा हातिपाइले रोग विरुद्धको औषधि दिइने छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न उपमहानगरमा वसोवास गर्ने सबैलाई जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले आग्रह गरे ।
तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले संस्था, विद्यालय तथा घरदैलोमा गई निशुल्क रुपमा औषधी वितरण गर्ने जानकारी उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख नविन झाले जानकारी दिए ।
हात्तीपाईले शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ता बनाउने एक सरुवा रोग भएकोले औषधी सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपाय रहेको उनले ध्यानाकर्षण गराए ।
कार्यक्रममा समाजिक विकास समितिका अध्यक्ष मिथिलेश कर्ण , औषधी व्यवसायी संघ जनकपुरका अध्यक्ष प्रमोद अग्रवाल प्रमोद अग्रवालले जानकारी दिए ।