एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ३ :
’सबै बालबालिकाको विधालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित देशव्यापीरुपमा भर्ना अभियान चलिरहेको छ । मधेशमा पनि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालयहरु विद्यार्थी खोज्दै घर–घर पुगिरहेका छन् ।
भर्ना अभियान अन्तर्गत जनकपुरधाम ८मा रहेको याज्ञवल्क्य संस्कृत माविले पनि भर्ना अभियानको शुरुवात गरेको छ । बढी भन्दा बढी विद्यार्थीहरुलाई विद्यालयमा भर्ना लिने अभिप्रायका साथ अभिभावकको घर घरमा पुगिरहेको प्रधानाध्यापक संजय झाले बताए । यो अभियान वैशाख १७ गतेसम्म चल्ने उनले बताए ।
यता जनकपुरधामका नगरप्रमुख मनोज साहले भर्ना अभियानलाई सफल बनाउनका लागि उपमहानगर भित्र रहेको प्रत्येक विद्यालयलाई पत्र पठाई सकेको जानकारी दिए ।