एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ :

नेपाल चिकित्सक संघ जनकपुर अञ्चल कमिटीको अगुवाईमा म्याराथन दौड गरिएको छ । नेपाल चिकित्सक दिवसको पूर्व सन्ध्यामा शनिबार म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको थियो ।

समाजका लागि चिकित्सक र चिकित्सकका लागि समाज मूल नाराका साथ मनाइदै ७४औँ नेपाल चिकित्सक दिवसको अवसरमा आयोजित म्याराथन दौडमा चिकित्सक, नर्स लगायतका एक हजार बढी जनाको सहभागिता रहेको नेपाल चिकित्सक संघ जनकपुर अञ्चल कमिटीकाम महासचिव रामज्ञान यादवले बताए ।

स्वस्थ नागरिक निर्माणका लागि व्यायामा आवश्यक रहेको सन्देश दिनका लागि ७ किलोमिटरको बृहत म्याराथन दौड गरिएको यादवले बताए ।

फागुन २० गते आइतबार नेपाल चिकित्सक दिवसको अवसर पारेर मधेस प्रदेशको वर्तमान स्वास्थ्यको स्थिति र स्वास्थ्यको सूचकांक सुधारका लागि आगामी योजनाका विषयमा बृहत छलफल समेत गरिने उनले बताए ।

छलफलमा मधेसको स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थय निर्देशनालयका निर्देशक, आपूर्ती शाखाका निर्देशक लगायतको सहभागिता रह्ने छ ।