मदर टेरेसाले गर्यो विभिन्न प्रतियोगिता विजयी विद्यार्थीहरुलाई पुरस्कृत


एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ :
जनकपुरधामको मदर टेरेसा पब्लिक स्कुलले विभिन्न प्रतियोगितामा सफल भएका आफ्ना विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । जनकपुरधाममा आयोजित जनकपुर साहित्य महोत्सव र दोस्रो इन्टर स्कुल क्रिकेट प्रतियोगितामा सफल भएका विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको हो ।
जनकपुर साहित्य महोत्सव अन्तर्गत कविता प्रतियोगितामा प्रथम स्थान हाशिल गर्ने छात्रा राखी ठाकुरलाई दुई महिनाको फ्रि स्कोलरशिप, वक्तृत्वकला प्रतियोगितामा तेस्रो स्थान हाशिल गर्ने छात्र सुशान्त कुश्वाहालाई एक महिनाको फ्रि स्कोलरसीप र इन्टर स्कुल क्रिकेट प्रतियोगिताको उपाधी जितेको टोलीमा सहभागी विद्यार्थीहरुलाई एक महिनाको फ्रि स्कोलरसीप प्रदान गरेर पुरस्कृत गरिएको हो ।
विभिन्न प्रतियोगितामा विद्यालयका छात्रछात्राहरुले सफलता प्राप्त गरेर विद्यालयलाई गौरवान्वित बनाएको मदर टेरेसा स्कुलका निर्देशक अभिषेक चौधरीले बताए । आगामी दिनमा समेत यस विद्यालयका विद्यार्थीहरुले सफलता प्राप्त गर्दै जाने विश्वास व्यक्त गरे ।
त्यस्तै विद्यालयका गोविन्द सिकारियाले जनकपुरधाममा भएका विभिन्न प्रतियोगितामा विद्यालयबाट सहभागी विद्यार्थीहरुमा रहेका प्रतिभाको पहिचान गर्न सहायक साबित भएको बताए ।
