एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २ :

सरस्वती पूजाको अवसर पारेर गुणस्तरीय शिक्षा प्रदान गर्ने दावी सहित महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला बजारमा एक निजि विद्यालयको उदघाटन गरिएको छ ।
गौशाला बजारस्थित वसन्त पञ्चमीमा माता सरस्वतीको पूजा संगै जिडिएम इंगलिश बोर्डिङ्ग स्कुलको उदघाटन गरिएको हो । स्कुलको उदघाटन गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महतोले गरेका हुन् ।
विद्यालयको उदघाटन गर्दै नगरप्रमुख महतोले शिक्षा प्रत्येक बालबालिकाका लागि आवश्यक रहेको बताउँदै गुणस्तरीय शिक्षामा विद्यालयहरुले ध्यान दिनु आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले हरेक सम्भव सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
विद्यालयका चेयर पर्सन सरोज सिंहले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका साथै संस्कार समेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । पछिल्लो समय निजि विद्यालयहरुमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा नदिने गरेको गुनासो आफूले संचालनमा ल्याएको विद्यालयमा आउन नदिने बताए । विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि अतिरिक्त कृयाकलापमा समेत विशेष ध्यान दिइने चेयरपर्सन सिंहको भनाई थियो ।
बुधबार एक कार्यक्रमका बिच उदघाटन गरिएको विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १०सम्म संचालनमा ल्याइएको छ । अहिले कक्षा ६सम्म विद्यार्थीहरुको भर्ना लिइएको उनले जानकारी दिए ।