एसपी रिपोर्टर
जनकपुरधाम, पुस १७ :

हिमाली इंगलिश बोर्डिङ्ग स्कुलका संस्थापकसंग जनकपुरधाम उपमहानगरका एक कर्मचारीले अभद्र व्यवहार गरेको भन्दै निजि विद्यालयहरुको संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जनकपुरधाम उपमहानगरको कार्यालयमै स्कुलका संस्थापक दिपेन्द्र साहसंग शिक्षा शाखाका अञ्जु पाण्डे र मेहिलाल यादवले अभद्र व्यवहार गरेको भन्दै निजि विद्यालयहरुको संगठनले दूबै कर्मचारीलाई कारबाही गर्न माग गरेका हुन् । निजि विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त विज्ञप्ति जारी गर्दै दुव्र्यवहार गर्ने कर्मचारीलाई कारबाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विज्ञप्तिमा कारबाहीका लागि बुधबार १२ बजेसम्मका लागि अल्टिमेटम दिइएको छ ।