एसपी रिपोर्टर
जनकपुरधाम, असोज २४ :
वैदेशिक रोजगारमा रहेकाहरुको मृगौला रोग सम्बन्धी गरिएको अध्ययन नतिजा २०२३ सार्वजनिक गरिएको छ ।
बुधवार जनकपुरधाममा ग्रीन तारा नेपालद्वारा आयोजित एक कार्यक्रमका बीच सो अध्ययन नतिजा सार्वजनिक गरिएको हो । मलेशिया र खाडी मुलुकहरुमा कार्यरत र फर्किएका नेपालीहरुलाई समुदायस्तरमा पहिलोपटक वैज्ञानिक अनुसन्धान गरिएको हो ।
बेलायतस्थित बनमध विश्वविद्यालयको नेतृत्वमा साझेदार संस्थाहरुसित समन्वयगरि धनुषाको लक्ष्मीनिया गाउपालिका र क्षिरेश्वरनाथ नगरपालिकामा गरिएको अध्ययन गरिएको हो । सो अध्ययन अनुसार खाडी मुलुक र मलेशियामा कार्यरत नेपालीहरुमा मृगौलाको खतरा बढी हुनसक्ने देखाएको छ ।
सो अध्ययनमा विगत एक वर्षभित्र खाडीका मुलुक कतार, साउदी अरब, कुबेत, ओमान, युएई, बहराइन रमनशियामा काम गरी नेपाल फर्किएका जना सबै पुरुष स्थानीय ३२० जना ३७०६४५ महिला बीच तुलना गरिएको थियो ।
गैरअप्रवासीहरूमा पनि कहिल्यै विदेश नगएको पुरुष र महिलाहरुभन्दा एचआप्रवासीहरूमा बढी समस्या देखिएको छ । रगतमा क्रियटिनिनको औसत पनि गैरआवासीभन्दा आप्रवासीमा बढी देखिएको छ गैरआप्रबासी देखिएकाले आप्रवासीहरुमा बढ्दो मृगौला समस्याको संकेत रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले यहाँ मेडिकल सर्टिफिकेट दिनेहरुको पसलहरु नै अवैध रुपमा खुलेको कारण वैदेशिक रोजगारमा रहेका नेपालीहरुमा यस्तो समस्या देखिएको बताए । उनले भने अब वैदेशिक रोजगारमा जानेहरुको मृगौला, उच्चरक्तचाप र मधुमेह सहितका घातक रोगहरुको समेत मेडिकल जाँच गराउने प्रावधान राख्नुपर्नेछ ।
सार्वजनिक गरिएको अध्ययन नतिजाले वैदेशिक रोजगारमा रहेकाहरुमा देखिएको मृगौला सहित अन्य रोगको अवस्था विकराल रहेको यसमा नियन्त्रण गर्न जरुरी रहेको कुरामा उनले जोड दिए । कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण मिश्रले प्रयोगशालाद्वारा हरेक पालिकामा ९० प्रतिशत छुटमा मृगौलासहितका अन्य रोगको ल्याब चेकजाँचको व्यवस्था रहेकाले चेकजाँच गराएर मात्रै जान सुझाव दिए ।