एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ११ :
जनकपुरधामको शिक्षा क्षेत्रमा योगदान पुर्याएका गोविन्द चन्द्राको सम्झनामा एनप्याब्सनले श्रद्धाञ्जली सभाको आयोजना गर्दै उनको योगदानमाथी चर्चा गरेको छ ।
श्रद्धाञ्जलीसभामा जनकपुरधामको मदर टेरेसा स्कुलका संस्थापक गोविन्द चन्द्राले जनकपुरधामको शैक्षिक क्षेत्रमा अतुलनिय योगदान पुर्याएको वक्ताहरुले बताएका थिए । उनको असामयिक निधनले जनकपुरधामको शिक्षा क्षेत्रमा अपुरनीय क्षति पुगेको मदर टेरेसा स्कुलका निर्देशक अभिशेष चौधरीले बताए । 
उनले जनकपुरधाममा निजि विद्यालयहरुलाई स्थापित बनाउन चन्द्राजीको महत्वपूर्ण भूमिका रहेको बताए । जनकपुरधाममा अंग्रेजी माध्यममा विद्यालयहरुलाई पढाईको शुरुवात उनैले गरेका थिए ।
भारतस्थित केरलाबाट ४० वर्ष अगाडी जनकपुरधाम आई पुगेका गोविन्द चन्द्रा विगत २५ वर्षदेखि मदर टेरेसा विद्यालय चलाउँदै आईरहेका थिए । उनको भदौ ९ गते असामयिक निधन भएको थियो ।
श्रद्धाञ्जली सभामा एनप्याब्सन धनुषाका अध्यक्ष अवधेश तिवारी, उपाध्यक्ष आशिष झा, एनप्याब्सनका केन्द्रिय सदस्य चन्द्रनारायण मण्डल, एनप्याब्सन मधेसका पूर्व सचिव विश्वलाल सिंह लगायतको उपस्थिति रहेको थियो ।





