एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ :
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले जनकपुरधाममा शिक्षा ऐन परिमार्जन गर्न माग गर्दै रैली निकालेको छ ।
समितिको केन्द्रिय कार्यसमितिले तय गरेको देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत जनकपुरधाममा समेत रैली निकालिएको हो । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका प्रदेश अध्यक्ष नरेश अगुवाईमा शिक्षा ऐन परिमार्जनको माग गर्दै नारावाजी गर्दै रैली निकालिएको थियो ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले विभिन्न माग राख्दै देशव्यापी रुपमा सडक संघर्षका कार्यक्रमहरु गरिरहेको छ । समितिले निरपेच्छाचारी चिकित्सा शिक्षा ऐन परिमार्जन हुनु पर्ने, सिटीइभीटीको पुनर्संरचना हुनु पर्ने, आयोग र सिटिइभीटीको बदनियतले बन्द भएका कलेजहरु तत्काल खोल्नु पर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने ग्यारेन्टी हुनु पर्ने नर्सिंङ्ग लगायतका पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग हुनु पर्ने लगायतका माग अगाडी बढाएको छ ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले देशव्यापी सडक संघर्षका कार्यक्रम अन्तर्गत धर्ना लगायतका आन्दोलनका कार्यक्रमहरु केही दिनदेखि गर्दै आईरहेको र माग पूरा नभएसम्म जारी रह्ने प्रदेश सचिव गणेश साहले जानकारी दिए ।