एसपी रिपोर्टर

जनकपुरधाम, साउन ६ : जनकपुरधाममा पनि अब क्यान्सर रोगको उपचार शुरु भएको छ । नवजीवन हस्पिटलले जनकपुरधाममै पहिलो पटक क्यान्सर रोगको उपचार शुरु गरेका हुन् । स्वास्थ्य रोगको विभन्न सेवा दिदैं आएका नवजीवन हस्टिपलले शुरु गरेको क्यान्सर रोग उपचार शाखाको प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले विधिवत रुपमा समुद्घाटन गरेका छन ।

नवजीवन हस्पिटलले शुरु गरेको क्यान्सर रोगको उपचार टोली नेतृत्वको जिम्मा डा. अवधेश साहलाई दिइएको छ । सो हस्पिटलमा क्यान्सर रोग उपचारका लागि डा.साहको टोली सँगै चितवन भरतपुरस्थित क्यान्सर अस्पताल र काठमाडौका विभिन्न अस्पतालका क्यान्सर रोग विषेशज्ञ चिकित्सकहरुले सेवा दिइने जानकारी अस्पतालका अखिलेश साहले जानकारी दिएका छन् ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले प्रदेशका राजधानी जनकपुरधाममा स्वास्थ्य सेवा निकै कमजोर रहेको भनी यसको सुधारमा प्रदेश लागि परेको बताए । उनले भने देशका विभिन्न ठूल अस्पतालमा यहीका डाक्टरहरु विषेशज्ञको रुपमा छन् । यहाँका डाक्टरहरुले बाहिर स्तरीय सेवा सफल छन् । तर यहीँको स्वास्थ्य सेवा निकै फितिलो छ ।

यहाँको स्वास्थ्य गुणस्तरीय र सुविधासम्पन्न कमी हुनुको प्रमुख कारण किराना दोकान झै मापदण्ड विपरित अस्पताल खोलिनु हो । अनुगमन र कारवाही गर्ने निकायको लापरवाहीका कारण सयौंको संख्यामा अस्पताल भएपनि एउटापनि स्तरीय सेवा दिने खालको छैन । प्रदेश सरकारले अवैध अस्पताललाई नियन्त्रण गर्न दर्ता प्रक्रिया आउन कदम चालिसकेकाले चाँडै आफ्नो कारवाही अघि बढाउनेछ ।

डा. अखिलेश साहको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा डा. आरएन झा र डा. बलराम मिश्रका लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डित, डा. रामजी यादव र डा. रामज्ञान यादव लगायतका जनकपुरधाम क्षेत्रका डाक्टरहरुको उपस्थिति रहेको छ ।

समुद्घाटन कार्यक्रमकै अवसरम गरिएको रक्तदान कार्यक्रममा ३० जना स्वास्थ्यकर्मी सहितका व्यक्तिले रक्तदान गरेका छन् । रक्तदान जीवन दान मूल नाराका साथ गरिएको रक्तदान कार्यक्रममा संकलित रगत स्वास्थ्यकर्मी सहित अन्य असहाय बिरामीहरुलाई सहयोग गरिने जनाइएको छ ।