एसपी रिपोर्टर

जनकपुरधाम, असार २० :

सूर्तीजन्य पदार्थको सेवनबाट वर्षेणी नेपालमा १५ प्रतिशत व्यक्तिको मृत्यु हुँदै आईरहेको छ । सन् २०१८मा गरिएको एक अध्ययन अनुसार नेपालमा हुने कुल मृत्युको १५ प्रतिशत व्यक्तिको मृत्यु सूर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुँदै आईरहेको छ । १५ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुनेहरुमध्ये २८ प्रतिशत मुटुको रोगबाट पीडित भएर मृत्यु हुने गरेको पाइएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनकपुरधाममा आयोजना गरेको नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि कानूनी व्यवस्था कार्यान्वयनको अवस्था विषयक अन्तरकृयामा नेपालमा दिनानुदिन सूर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या बढ्दै जानुप्रति चिन्ता व्यक्त गरिएको छ ।

सो अन्तरकृयामा नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि विभिन्न कानूनहरु बनाइएपनि त्यसको कार्यान्वयनको अवस्था निराशाजनक रहेको बताइएको हो । कानून कार्यान्यवन फितलो रहेकै कारण नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या बढ्दै गईरहेको पाइएको छ । यसका साथै दैनिक उपभोग्य वस्तुमा समेत करको दायरा बढी रहेको समयमा नेपालमा सूर्तीजन्य पदार्थमा करको दायरा आशा गरेअनुरुप नबढ्नुले नेपाल सरकार नै यसप्रति गम्भिर नरहेको देखिएको छ ।

अन्तरकृया कार्यक्रममा प्रा. श्याम लम्सालले सूर्तीजन्य पदार्थको सेवन, सूर्तीजन्य पदार्थ सम्बन्धि नेपालमा विद्यमान कानून र त्यसको कार्यान्वयनको अवस्था लगायतको विषयमा समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए