एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ४ रामनगर विर्तामा नगरपालिकाको आयोजना र जानकी मेडिकल कलेज तथा नेपाल रेडक्रस सोसाइटी श्री रामजानकी आँखा अस्पतालको सहकार्यमा भएको शिविरमा विशेषज्ञ चिकित्सहरुद्वारा विभिन्न स्वास्थ्य उपचारका साथै आँखाको समेत निशुल्क जाँच गरिएको छ ।
वडा अध्यक्ष गणेश महतोले कुल ५ सय ६० जना विरामीहरुले शिविरमा विभिन्न रोगहरुका साथै आँखाको समेत चिकित्सकहरुद्वारा निशुल्क उपचारको सेवा पाएको बताए । जानकी मेडिकल कलेजले पेट, छाती, दम, छाला सहितका रोगहरुको उपचार सेवाको व्यवस्था मिलाएको थियो भने रामजानकी आँखा अस्पतालको तेज कोहली र रुइत फाउन्डेशनले आँखाको उपचार र मोतियाबिन्दुको निशुल्क शाल्यक्रियाको सेवा उपलब्ध गराएको बताइएको छ ।
अस्पतालले यस्ता शिविरहरु गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।