पुरन रौनियार
जनकपुरधाम, असोज २६ : आखाँ मानव शरिरकै एक महत्वपुर्ण र नभई नहुने मध्येको एक अंग हो । आँखा छ त संसार नभए केहि न केहि । तर आखाँ हेरचाहको मामिलामा धनुषाका ग्रामिन जनता कति सम्म लापरवाह छ भन्ने कुरा निःशुल्क आँखा उपचार शिविरहरुमा देखाएको अप्रत्यासित तथ्याङ्कले प्रमाणित गरेको छ ।
आखाँ मानव शरिरकै एक महत्वपुर्ण र नभई नहुने मध्येको एक अंग भन्दा फरक नपर्ला । आँखा छ त संसार नभए केहि न केहि । तर पनि मानवले आँखालाई गम्भिरताका साथ नलिएको पाइन्छ । जुन सुकै अवस्थामा आँखा चिलाउँदा जस्तो सुकै हातले पनि मज्जाले छोइदिने सहितका बानीले पनि हामी आँखा प्रति कति गम्भिर छौ भन्ने कुरा प्रमाणित गरिरहेको हुन्छ । धनुषाका ग्रामिणहरु आँखालाई संवेदनशिल रुपमा नलिएको तथ्याङ्क बाहिरएको छ । जनकपुरधाम स्थित नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पतालले पछिल्लो समय गर्ने गरेको निशुल्क शिविरहरुमा करिव ५० प्रतिशत विरामीमा मोतिबिन्दु पाइएपछि यो रहस्य खुलेको हो । श्री जानकी आँखा अस्पतालका निर्देशक डा. आशिष बोहराले यस्को पुष्टी गरेका छन् ।

समाजसेवी गंगाराम यादव सभापतीमा चयन भएपछि नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पताल जनकपुरधामले धनुषाको पुर्वी ग्रामिण क्षेत्रमा गरेको निशुल्क आखाँ शिविरहरुको क्रममा उपचार गराउन आएका मध्ये ५० देखि ६० प्रतिशत विरामीमा मोतिबिन्दुको संक्रमण देखिएको छ । मंगलवार धनुषाको कमला नगरपालिका वडा नं. ६ मरान स्थित श्री बिलटबौकु माविमा सञ्चालन गरिएको एक दिने निशुल्क आखाँ शिविरमा कुल ७५० विरामी उपचार गराएकोमा ३ सय २८ जनामा मोतियाबिन्दु पाइएपछि चिकित्सकहरु समेत आश्चर्य चकित भए ।

त्यसै गरि धनुषाको यदुकोहामा भएको शिविरमा २५० जनाले उपचार गराएकोमा १ सय २८ मा मोतीबिन्दु देखिएको थियो । त्यसै गरि सिन्धुलीमा २ सय ओपिडीमा ५४ जना र महोतरीको धबौलीमा २ सय ५० जना मध्ये ७० मा मोतिबिन्दु भटिएको छ । यस्ले समस्या रहेपनि आँखा प्रति गम्भिर नभई उपचार गराउन नजाने परिपाटीलाई समेत उदांगो बनाएको छ । शिविरहरुमा मोतिया बिन्दु पाइएका विरामीहरुलाई जनकपुरधाम ल्याएर निशुल्क उपचार, औषधी, चस्माका साथै आउने जाने र खाना नास्ता र बस्ने सुविधा समेत निशुल्क रहेको अस्पतालका सभापती यादवले बताए ।

आफुलाई मोतिबिन्द भएको थाहापाएपछि डराएका स्थानियहरु निशुल्क रुपमा उपचार पाएपछि भने खुसी व्यक्त गर्दै अस्पताललाई धन्यवाद दिएका छन् । धनुषा, महोतरी, सर्लाही र सिन्धुली क्षेत्राधिकार रहेको अस्पतालको नेत्र अधिकृत ज्ञानेन्द्र प्रसाद विमल सहित अस्पतालका रुदल साह, संजय कुमार मण्डल सहितको प्राविधिक टिमले सवै जिल्लाको ग्रामिण भेगहरुमा शिविर सञ्चालन गरि निशुल्क उपचार गरिरहेको र सचेतना जगाइरहेको छ । अस्पतालमा दैनिक एक देखि सावा सय सम्म मोतियाबिन्दुको शाल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ ।