एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : देशैभरि लागु भएको लकडाउनको प्रभाव जनकपुरधाम सहित यस क्षेत्रमा समेत परेको छ । जनकपुरधाम बजार पुर्णरुपमा बन्द रहेको छ भने मोटरसाइकल तथा पैदल यात्री फाटफुट सडकमा चलेको देखिन्छ । सरकारले बिना जानकारी लकडाउन गरेकाले पुर्व तयारी हुन नसक्दा सर्वसधारणलाई समस्या भएपनि लकडाउनलाई सवैले सहर्ष स्वीकारेको देखिन्छ । अत्यावश्यक सरसमान जस्तै ग्याँस, इन्धन, औषधी र दैनिक उपोभोग्य समाग्रीहरुका पसल खुल्ने भनिएपनि त्यस्ता पसलहरु समेत बन्द भएपछि सर्व साधारणलाई सास्ती भएको छ । सडकमा ठाँउ ठाँउमा तिनै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको देखिन्छ । सुरक्षाकर्मीहरुले लकडाउन जनता र देशकै लागि भएकाले सफल बनाउन सडकमा भेटनेहरुलाई सम्झाइ रहेका छन तर पनि अटेरी गर्ने करिव २ सय मोटरसाइकल र इ रिक्साहरु नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवतmा प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए । ठुला सवारी साधनहरु पुर्ण रुपमा बन्द रहेको छ । हाटबजार, मठमन्दिर सवै सुनसान छ । वाहिर वाहिर वाट घर फर्किनेहरुमात्र सडकमा देखिने गरेका छन् ।
सरकारले मंगलवार विहान ६ बजे देखि लकडाउनको आदेश गरेपनि जनकपुरधाम उद्योग बाणिज्य संघले त्यसअघिनै अगामि शनिवार सम्म अत्यावश्यक वाहेक सवै पसलहरु बन्द गर्न आवहान गरिसकेका थिए । प्रदेश २ को आठवटै जिल्लाका सिमावर्ती नाकाहरु ठप्प गरिएको छ भने भारतवाट आएकाहरुलाई स्थानिय स्तरमा बनाइएको क्वारेन्टाईनहरुमा राखिएको छ । वडामा वडा अध्यक्ष तथा सदस्यहरुको सहयोगमा विदेशवाट आउनेहरु तथा उनका परिवारजनमा देखिएका समस्याहरुको बारेमा खोजतालस समेत भइरहेको छ । कोरोना भाइरसको लक्षणसंग मिल्दा जुल्दा विरामीहरुको पृष्ठभुमिको बिषयमा समेत जानकारी लिने काम भइरहेको प्रहरीको भनाई छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषप्रसाद निरौलाले लकडाउनलाई पूर्ण रुपमा पालन गर्न सबैसँग आग्रह गरेका छन्। सरकारको आदेश उल्लंघन गर्नेलाई एक महिनाको कैद सजाय समेत हुनसक्ने निरौलाले बताए । अहिले सम्म घरबाहिर निस्केकालाई सम्झाइबुझाइ फिर्ता पठाइएको छ, जबरजस्ती गरे नियन्त्रणमा लिइ कारवाही हुने धनुषाका प्रमुख जिल्ला अधिकारी कोषप्रसाद निरौलाले बताए ।