एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ :
धनुषा क्षेत्र नं. ३ का प्रतिनिधीसभा सांसद समेत रहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आज क्षेत्रको विभिन्न निर्मानाधिन सिचाई आयोजनाको निरिक्षण अवलोकन गरेका छन् । आज पुर्व मन्त्री समेत रहेका वरिष्ठ नेता महतो क्षेत्रमा निर्मानाधिन कृषि सिचाइ योजना अन्तर्गतको कलरी सिचाइ योजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठाको अनुगमन तथा निरीक्षण गरेका छन् ।

साथै क्षेत्रकै अर्का सिचाई योजना पिपरा मइन सिचाइ योजना जटहि नगराइन नगरपालिकाको समेत स्थलगत अनुगमन तथा निरीक्षण गर्दै सांसद महतोले किसानसंग जोडिएका यस्ता योजना कार्यान्वयनमा गम्भिर हुन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् । उनले भने, ‘क्षेत्रको घर घर अर्थात हरेक गरिव किसानहरुको सपना संग जोडिएको यस्ता योजना समयमा गुणस्तरीय तरिकाले हुनुपर्नेमा ढुक्क छौं ।’

यस्ता योजनामा कुनै लापरवाही सहय हुन नसक्ने उनको तर्क थियो । सो क्रममा सिडिई भगवान झाले योजनाको प्रगती र निर्माण कार्यको बारेमा प्रकाश पारेका थिए भने निरिक्षण अवलोकनमा इन्जिनियर गिरेन्द्र झा, युवा नेता राजु चौधरी सहितको सहभागिता रहेको थियो ।