एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : मैथिली भाषा एवं साहित्य क्षेत्रमा अतूलनीय योगदानको कदर र सम्मान स्वरूप वरिष्ठ पत्रकार एवं साहित्यकार रामभरोष कापडी ‘भ्रमर’ लाई नेपालको महामहिम राष्ट्रपतिद्वारा ‘सु–प्रबल जनसेवा श्री तृतिय पदक’ विभुषित गरिएको छ ।
करिव पाँँच दशक देखि निरन्तर आफनो जिवनको सर्वाधिक हिस्सा मैथिली, नेपाली, हिन्दी साहित्य, पत्रकारितामा व्यय गरिरहेका भ्रमरलाई सो सम्मान प्रदान गरिएको हो । कविता, गीत, गजल, लेख, आलेख, निबन्ध, शोध, रिपोर्ताज, समिक्षा, कथा, उपन्यास, नाटक, फिल्म, गीति क्यासेट आदि सहितका विभिन्न क्षेत्रमा अझै पनि क्रियाशिल भ्रमरलाई राष्ट्रपती विद्यादेवी भण्डारीले सो विभुषण प्रदान गरेकि हुन ।
बस आब नहि दीर्घ कविता संग्रह, तोरे संगे जएबो रे कुजबा, हुगली उपर बहैत गंगा, कथा संग्रह, ठेकान पर आलेख संग्रह,सीता फिल्ममे, जटजटिन, जानकीक महिमा, हमर गरीवीए हमरा वरदान लगैए, मेहनतिके रोटी पकवान लगैए आदि गीत, जनकपुरधाम र यस क्षेत्रका साँस्कृतिक सम्पदा र यस्को अँग्रेजी अनुवाद पनि राजकमल र स्त्री पर शोध, मधेश आन्दोलन माथी केन्द्रित घरमुँहा उपन्यास आदि उल्लेखनीय कृतिहरु छन् । साथै उनको पत्रकारितामा पनि विशिष्ठ योगदान छ ।





