एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
मैथिली बिकास कोषले मिथिला संस्कृती झल्किने आधुनिक सुविधा सम्पन्न भवन निर्माण कार्य प्रारम्भ गरेको छ । प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बिहीबार जनकपुरधाम उपमहानगरपालिका–८ मा भवन निर्माण कार्य शिलान्यास गरेको छ ।

३ कठ्ठा जमिनमा करिब ५ करोड रूपैयाँको अनुमानित लागतमा सुविधा सम्पन्न तीन तल्ले भवन बनाउने लक्ष्यका साथ जनकपुरधाम–८ स्थित सीताकुण्डको जग्गामा शिलान्यास भएको कोषका अध्यक्ष जिवनाथ चौधरीले बताए । चौधरीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रमका प्रमुख अतिथी मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकार भाषा संस्कृतीको विकासका साथै त्यस क्षेत्रमा काम गर्ने संस्थाहरुको पनि विकासमा प्रतिवद्व रहेको बताए ।

कोषलाई भवन निर्माणका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयले तत्काल ३० लाख रूपैयाँ सहयोग गरेको समेत उनले बताए । प्रदेश सांसद परमेश्वर साहले जनकपुरधाम स्थित भाषा, साहित्य र कलाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको विकासका लागि आफु प्रतिवद्व रहने बताए । थप सहयोग गर्न पनि प्रदेश सरकार सकारात्मक रहेको कोषका अध्यक्ष चौधरीले बताए ।