एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १२ :
नेपाल–भारतको सम्बन्ध दुुनियामै नभएको सुमधुर र पारिवारिक सम्बन्ध जस्तो हो । तर राज्यबाट खटाइएका प्रहरी प्रशासन आफनो स्वार्थ अनुकुल काम गर्दा दुई देश बिचको रोटी बेटीको सम्बन्धमा बाधा पुग्ने गरेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डिआइजीले कुनै पनि प्रसंगमा भारतिय मोटरसाइकल नेपालमा देख्ने वितिकै भन्सार पठाएर शिल गर्न निर्देशन दिएको ट्राफिक प्रहरीहरुको भनाई छ । गत फागुन ९ गतेको विशाल बैबाहिक लगनमा आफनो परिवारजनको विहेमा भारत विहारको पोदमाबाट सिरहाको गोलबजार मोटरसाइकल लिएर साँझ झुकिएर आएका हरि प्रसाद गुप्ताको मोटरसाइकल भोली पल्ट विवाहको घरबाटै प्रहरीले उठाएर लगे ।

सिरहाको गोलबजारमा घर अगाडि राखिएको बिआर ३२ एम १३०९ नम्वरको संतोष कुमार साहको नाउँमा रहेको मोटरसाइकल ट्राफिक प्रहरीले कब्जामा लिए । गुप्ताका परिवारजनले प्रहरीलाई सवै समस्या भनेपछि एक घण्टामा इन्सपेक्टर सर आएपछि छोडिदिने भन्दै गाडी पक्राउ गरेका गोलबजार पोष्टका ट्राफिक प्रहरी हवल्दार कालिन्दर प्रसाद चौधरीले बताए । तर एक घण्टामै मोटरसाइकल लहान स्थित जिल्ला ट्राफिक प्रहरी हुदै लौकहा ठारही भन्सार पठाइसकिएपछि गुप्ताको बिच्चली भएको छ ।

मोटरसाइकल पक्राउ गरेका हवलदार चौधरी

पक्राउ गरिएको त्यो गाडी आफनो नरहेको गुप्ता बताउछन् । छिमेकी गाडी धनी साह मुम्बई बस्दै आएको र उनको भाई संग रहेको गाडी कागजात सहित लिएर विवाहमा आएको थिए, गुप्ताले भने, ‘यस्तो कडा कानुन होला भन्ने थाहा थिएन, नेपालको प्रहरीले गोलबजार आउँने बेला कतै पनि केहि भनेन र रोकेन ।’ भन्सार बन्द छ काटदैन गुप्ताले भने, विवाहमा नआई भएन के गर्ने ? नियम कानुनले आफन्तको विवाहमा आउन पनि आपत भयो ।

यस विषयमा बुझदा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले भने, ‘मोटरसाइकल कसरी गोलबजार पुग्यो पहिलो विषय त्यो हो र झुकिएर पुगेकै हो भन्ने प्रसंग बुझेर त्यस्ता मोटरसाइकल फिर्ता गर्दा नै ठिक हुन्थ्यो ।’ नेपाल–भारतको सिमा कानुन भन्दा पनि व्यवहारले चल्ने गरेको बताउदै कणेलले मोटरसाइकल शिज गर्दा समाजिक जटिलता हुन सक्ने बताए ।

यस विषयमा सिरहाका ट्राफिक प्रहरी प्रमुख दानबहादुर मिडिगचिङ्गसंग बुझन खोज्दा डिआइजी र एसपी सावहरुको ठाँडो निर्देशनका कारण त्यसो गरेको बताए । भारतको मोटरसाइकल हेर्ने नहुने ? कडा कानुन नै हो भने गोलबजार सम्म कसरी आयो गाडी ? तपाईहरु कहाँ हुनुहुन्थ्यो ? भने प्रश्नमा उनले भने, ‘के गर्नु सर तपाँईको कुरा सहि हो तर राजमार्ग क्षेत्रमा भारितय मोटरसाइकल देख्ने वितिकै भन्सार पठाउनु भनेर निर्देशन छ ।’

ट्राफिक प्रहरीको भनाईले पनि प्रहरी प्रशासन दुई देश बिचको सम्बन्धलाई कसरी नजरअन्दाज गरिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । पिडित गुप्ताले आफनो मोटरसाइकल घरबाटै कब्जा गरेको तर आफु गोलबजारबाट ठारही भन्सार जाने क्रममा ठाँउ ठाँउमा भारतिय मोटरसाईकल निर्वाध चलिरहेको देखेको बताए । धेरै ठाँउमा त प्रहरीचौकी र प्रहरीकै अगाडि पनि भारितय प्लेटको मोटरसाइकल निर्वाध चलिरहेको तस्वीर समेत उनले खिचेको देखाए । पिडित गुप्ता आक्रोसित हुदै भने, ‘अव हामी पनि भारतमा नेपाली प्लेटको गाँडी देख्यौं भने कब्जा र शिल गर्छौ हुन्छ ? ।’