एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : आफनै भान्जा अपहरणको आरोपमा महोतरीका एकजनालाई पक्राउ गरि सार्वजानिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरि धनुषा नगराईन नगरपालिका वडा नं. ६ लग्मा बस्ने रमेश दासको अन्दाजी वर्ष सातको छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोतरी पिपरा गाँउपालिका वडा नं. ७ निवासी राम रतन दास भन्ने २० वर्षिय लक्ष्मेश्वर कुमार दासलाई पक्राउ गरि प्रहरीले सार्वजानिक गरेको हो ।
महोत्तरीको साबिक दनौली वडा नं. ७ र अहिलेको पिपरा गाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उप–महानगरपालिका वडा नं. ७ कटैयाचौरी स्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्ने नातमा नाबालकको मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई शकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ । फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जनाएको छ ।

शनिवार दिउँसो १ बजे देखि हराई रहेका बालकको खोजतलास हुदै गर्दा बेलुकी पाँच बजेको समयमा मोबाईलबाट फोन गरी बालकको आमासँग रु एक करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोन मार्फत सिमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा खवर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी स्रोतका अनुसार घटना रहस्य रहेको र प्रहरीले बालकका परिवारजनलाई पनि शंकाको घेरामा राखेर थप अनुसन्धान गरिरहेको छ ।





