एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली पुरस्कृत भएका छन् । नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार नेपालीलाई हिन्दी पत्रकारिता एवं हिन्दी सेवा माध्यमबाट नेपालमा हिन्दी भाषा र साहित्यको श्रीवृद्विमा उल्लेखनीय योगदान दिएको भन्दै अपराजिता फाउन्डेशनद्वारा प्रदत हरिहर–सावित्री स्मृती पुस्कार प्रदान गरिएको छ ।
गत जनवरी १० तारिख विश्व हिन्दी दिवसकै दिन नेपालीलाई फाउन्डेशनले पुरस्कृत गर्ने निर्णय गरेपनि आज विधिवत जनकपुरधाममा नेपालीलाई नगद राशी पाँच हजार तथा कदर पत्र प्रदान गर्दै पुरस्कृत गरिएको फाउन्डेशनकी अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी प्रमुख डा. सजीता बर्माले बताईन ।

नेपालीलाई पुरस्कृत गर्ने कार्यक्रममा नेपाल हिन्दी प्रतिष्ठानका सचिव चन्द्रशेखर राय चमन, सदस्य राजनन्दन प्रसाद साह, वरिष्ठ पत्रकार कमल साह सहितको समेत उपस्थिती थियो ।





