एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ५ :
नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशनको अवसरमा धनुषा र महोतरीका पत्रकार पुरस्कृत भएका छन् । महासंघका अध्यक्ष गोविन्द आचार्य उपराष्ट्रपती नन्द बहादुर पुनको विशेष उपस्थितीमा भएको महासंघको २६ औं महाधिवेशनमा धनुषाका वरिष्ठ पत्रकार राम भरत साहलाई महासंघका पुर्व केन्द्रिय सदस्य स्व. गौरी कठायतको नाममा स्थापित ‘गौरी कठायत स्मृती पत्रकारिता पुरस्कार २०७७’ बाट पुरस्कृत गरिएको छ ।

करिव चार देशक देखि लोकतन्त्रको पक्षमा कलम चलाउदै आएका वरिष्ठ पत्रकार साह अझै पनि पत्रकारिता तथा नेपाली कांग्रेसको राजनितिमा सक्रिय छन् । साहलाई १० हजार नगद राशीको सो पुरस्कार उपराष्ट्रपती पुनले प्रदान गरेको छ । त्यसै गरि समारोहका बिच महोतरी शाखालाई उत्कृष्ट शाखाको सम्मान सम्मान प्रदान गरिएको छ । महोतरीका अध्यक्ष कमलेश मण्डलले उत्कृष्ट शाखाको सम्मान ग्रहण गरेका छन् ।

त्यसै गरि उमा सिंह रास्ट्रीय पत्रकारिता पुरस्कार पत्रकार शिल्पा कर्णलाई प्रदान गरिनुका साथै विभिन्न पाँच विद्यामा देश भरिकै पाँचजना पत्रकारहरुलाई पुरस्कृत गरिएको महासंघका सचिव शितल महतोले बताएका छन् ।