एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ :
प्रदेश २ सरकारले पत्रकार तथा कलाकारसंग सम्बन्धित विभिन्न निकायमा पदाधिकारी नियुक्त गरेका छन् । प्रदेश २ को सरकारले प्रदेश नं. २ को आमसञ्चार प्राधिकरणको अध्यक्षमा सप्तरीका श्याम सुन्दर यादवलाई नियुक्त गरेको छ भने मिडिया काउन्सिल प्रदेश २ को अध्यक्षमा शिवहरि भट्टराईलाई नियुक्त गरेको छ ।

बाँयावाट क्रमश, भट्टराई, यादव र मरवैता

त्यसैगरि प्रदेश २ को चलचित्र विकास वोर्डको अध्यक्षमा ध्रमेन्द्र मोडवैता (पप्पू) लाई नियुक्त गरेको छ । पप्पु संघिय नेपाल चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष पनि हुन भने काउन्सिलका अध्यक्षमा नियुक्त भट्टराई डा. बाबुराम भट्टराई निकटका हुन । आज विहान आठ बजे बसेको मन्त्री परिषदको बैठकले तिनवटै निकायमा अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले एसपीखवरलाई बतायो ।

प्राधिकरणको अध्यक्षमा नियुक्त भएका यादव तत्कालिन संघिय समाजवादी फोरमको पत्रकार संगठन प्रेस नेपालका प्रदेश अध्यक्ष हुन साथै उनी मैथिली भाषा तथा साहित्य र कला क्षेत्रमा पनि अभियानीका रुपमा पनि चिनिन्छन् ।