एसपी रिपोर्टर
जनकपुरधाम, माघ १ :
जानकी पतञ्जली योग साधना केन्द्रको नयाँ भवन बन्ने भएको छ । प्रदेश सरकारको तर्फबाट करिव ३० लाखको लागतमा बन्न लागेको भवनको प्रदेशसभा सदस्य परमेश्वर साह र सुरिता साहले शिलान्यास गरेका छन् । छैठौं राष्ट्रिय योग दिवसको अवसर पारेर आज एक समारोहका बिच नयाँ भवन निर्माणको शिलान्यास गरिएको हो ।

केन्द्रको योग शिविर रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साहको अध्यक्षतामा भएको कार्यक्रममा दुईवटा रुम, एक हल, किचेन, टवाइलेट बाथरुम सहितको भवन निर्माण हुने बताइएको छ । योग संगै आयुर्वेद चिकित्साको लागि समेत भवन निर्माण हुन लागेको केन्द्रका प्रशिक्षक मनमोहन साहले बताए ।

कार्यक्रममा पुर्व राज्य मन्त्री अरबिन्द साह, सिडिई भगवान झा, जसपाका नेताहरु मनोज चौधरी, संजय चौधरी, योग प्रशिक्षक, योग साधक र साधिकाहरु सहितको उपस्थिती थियो ।

सो अवसरमा वडाका गरिव, विपन्न तथा वृद्ववृद्वाहरुलाई न्यानो कम्वल वितरण गरिएको थियो ।