एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञान कुमार यादवले दुव्र्यसन तथा महिला हिंसा नियन्त्रणमा गम्भिर भएर लाग्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले धनुषाको हारसर जिवन केन्द्रमा आयोजना गरेको दुव्र्यसन मुक्त युवा अभियान र सुरक्षित बेटी अभियान प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै मन्त्री यादबले ८० प्रतिशत भन्दा बढी अपराधिक घटना दुव्र्यसनबाट हुदै आएकाले लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासन चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।

जिम्मेवार नागरिक उत्पादन गर्न प्रदेश २ सरकार प्रतिवद्व रहेको बताउंदै मन्त्री यादवले भने, ‘दुव्र्यसन मुक्त युवा अभियान र सुरक्षित बेटी अभियान प्रदेशको मुख्य अभियान हो ।’ कार्यक्रममा सहभागि राज्य मन्त्री सरोज सिंह कुशवाहाले अभियान सफल भए प्रदेश २ मा युवाको सहि सदुपयोग हुने र क्रान्ति हुने बताए ।

यसैबिच अभियानहरुको विधिवत सुरुवात भएको छ । प्रदेश २ सरकारले दुव्र्यसन मुक्त युवा अभियान र सुरक्षित बेटी अभियानका लागि प्रशिक्षकहरुलाई आवासिय प्रशिक्षण दिन सुरु गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रलायले ‘म जिम्मेवार नागरिक हुँ’ भन्ने मुल नाराका साथ दुव्र्यसन मुक्त युवा अभियान र सुरक्षित बेटी अभियान संचालन गरेको छ ।





