एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ :
धनुषाकी शकुन्तला नायक एशिया स्तरीय अर्वाडका लागि छनौट भएकी छन् । सवैला नगरपालिका वडा नं. २ सवैलाकी स्थाई निवासी शकुन्तला अगामि वर्ष सन २०२१ फ्रेबुअरीमा भारतको चेन्नईमा आयोजना हुने सो अर्वाडका लागि छनौट भएकी हुन ।

करिव २० देशको प्रतिस्पर्धीहरुका बिच जनकपुरधामकी चेली शकुन्तला मार्केटिङ्ग क्षेत्रको सो प्रतिष्ठित एशिया स्तरीय सम्मान ‘उत्कृष्ट कस्टमर सर्भिस एक्सक्युटिभ २०२०÷२१’ ले सम्मानी हुन लागेकी हुन । रुला अवार्डले आयोजना गर्ने सो सम्मान ‘उत्कृष्ट कष्टमर सर्भिस एक्सक्युटिभ २०२०–२०२१’ तर्फ उनले रोयल अनर ग्रहण गर्नेछिन् ।

चर्चित कम्पनी महिन्द्रा एण्ड महिन्द्रा अटो मोबाइल कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौंमा कस्टमर सर्भिस एक्सक्युटिभको रुपमा कार्यरत शकुन्तला बायोटेक्नोलोजीकी विद्यार्थी हुन । साथै उनी समाजिक कार्यर्कता र विभिन्न समाजिक गतिविधीमा समेत सक्रिय हुन्छिन् ।