एसपी रिपोर्टर
सुनसरी, पुष १ : सुनसरीको इनरुवा स्थित अस्पताल सुधारका लागि प्रदेश १ सरकारको ध्यानाकर्षण गराइएको छ । अस्पताल सुधार संघर्ष समितिका संयोजक दिलिप चन साहुको अगुवाईमा इनरुवाका नागरिक समाज सहितको सहभागितामा मुख्यमन्त्री शेरधन राईलाई २५ बुँदे मांग सहित ज्ञापन पत्र बुझाईको छ ।

साथै प्रदेशका समाजिक विकास मन्त्रालय, केन्द्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित विभिन्न सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराइएको छ । जिल्लाको एतिहाँसिक पुरानो अस्पताल भएर पनि स्थानिय निकायको लापरवाहीका कारण सुधार हुन नसकेको र दक्ष जनशक्तिको दरबन्दी अभावमा अस्पताल नामको लागि मात्र रहेको समितिका संयोजक साहुले बताएका छन् ।

१५ दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइएको भन्दै समितिले मांग पुरा नभए शसक्त आन्दोलन गरि जनताको नैसर्गिक अधिकार स्वास्थ्य सेवामा सहज पहुँचका लागि निरन्तर लडिरहने संयोजक साहुले बताए ।

यस्तो छ मांगहरु