एसपी रिपोर्टर
सुनसरी, मसिंर २२ :
सुनसरीको इनरुवा नगरपालिकाको प्रमुख राजन मेहतालाई या त वैश्य र वैश्यामा फरक र अर्थ थाहा छैन या नभए उनी अज्ञानी हुन । वैश्य समाजले इनरुवा स्थित अस्पताल सहितका महत्वपुर्ण सार्वजानिक सम्पती तथा विकास निर्माणको बारेमा आवाज उठाँउदा अतालिएका मेयरले ठाँउ ठाँउमा वैश्य समाजलाई “वैश्या समाज“ भनेको प्रति नेपाल वैश्य युवा संघले आपती जनाएको छ ।

नगरपालिकाको प्रमुख जस्तो व्यक्तिले आफ्नो गरिमालाइ ख्याल नगरि विकास निर्माणको कुरा गर्दा एउटा सिंगो समाजलाइ अपमानित गर्नै उदेश्यले गरिएको कुचेष्टा प्रति वैश्य समाज सुनसरीले जस्तोसुकै मुल्य चुकाउन तयार रहेको भन्दै आफनो टिप्पनीमा लगाम लगाउन मेयरलाई चेतावनी दिएका छन् ।

संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘छाँडातन्त्रको राजा सम्झिने मेयर राजन मेहताको यस किसिमको हर्कतहरुबाट सम्पूर्ण नगरबासी जानकार छन, बतम्मिज मेयर मेहताले मुखमा लगाम न लगाए नेपाल वैश्य युवा संघले जस्तोसुकै कदम चाल्ने जानकारी गराउन चाहन्छु ।’ संघले मेयरको पार्टी नेपाली कांग्रेस सुनसरीले पनि आफ्नो छाँडा कार्यकर्ता मेहतालाई लगाम लगाउन सुझाव दिएको छ ।

संघले इनरुवा नगरपालिका लगायत सुनसरी जिल्लाको सम्पुर्ण वैश्य समाजलाई अझ सहनशील भइ एकजुट हुन आग्रह गर्दै समय आए डन्टी तराजुमा हुने जस्तै हिसाव किताव गरिने आग्रह गरेको छ, संघका इनरुवा अध्यक्ष त्रिलोक चन्द्र गुप्ताले बताए ।