एसपी रिपोर्टर
रघुनाथपुर, धनुषा, मसिंर ६ :
हिन्दु लोक आस्थाको महापर्व छठ सम्पन्न भएको छ । आज विहान उदाउँदो सुर्यलाई अर्घ दिएसंगै छठको समापन भएको हो । यस वर्ष कोरोना कहरका कारण देशका विभिन्न भागमा घर घरमै छठ मनाइएपछि मिथिलाञ्चल र खास गरि जनकपुरधाम सहितका क्षेत्रमा जलासयमै पुगेर धुमधामका साथ छठ मनाइएको छ ।

जनकपुरधाममा छठ पुजा व्यवस्थापन समिति तथा स्थानिय प्रशासनले सुरक्षा सर्तकताको नाउमा केहि नियम लागु गरेको देखिएपनि धनुषा र महोतरीको ग्रामिण भेगमा भने कोरोनाको कुनै असर र भय त्रास देखिएन । आस्था र श्रद्धामा लिन श्रद्धालुहरु सदा झै यस वर्ष समेत निर्वाध रुपमा छठ मनाएका छन् ।

प्रस्तुत छ धनुषाको रघुनाथपुर स्थित दरबार पोखरीमा भोरका घाटमा देखिएका केहि तस्वीरहरु :