एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ :
एमडी एमएस इन्ट्रान्स परिक्षाको कोटामा बइमानी भएको भन्दै चिकित्सहरुको समुह चिकित्सा शिक्षा आयोगमा तालाबन्दीको प्रयास र प्रदर्शन गरेका छन् । जनमत चिकित्स संघका प्रवक्ता डा. विनय पजियार सहित करिव ३ सयको संख्यामा चिकित्सकहरु भक्तपुर स्थित आयोगको कार्यालयमा पुगेर तालाबन्दीको प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको बल प्रयोगवाट डा. पजियारलाई समान्य चोटपटक लागेको र अन्य केहि घाइते भएका छन् ।

सत्याग्राही डा. गोविन्द केसीको मांग सम्बोधन गरेको भन्दै यसअघि छुट्टा छुट्टै हुने सो स्तरको प्रवेश परिक्षा सरकारले एकै पटक १२ सय सिटका लागि पहिलो पटक गर्न लागेको छ । तर सरकारले विभेद पुर्ण र पक्षपाती ऐन ल्याएर सो प्रवेश परिक्षाको नतिजामा १२ सय मध्ये ५० प्रतिशत खुल्ला, ४० प्रतिशत सरकारी चिकित्सक र १० प्रतिशत विदेशीलाई राख्ने प्रावधान राखेपछि चिकित्सकहरु आन्दोलिन बनेका हुन ।

हेर्नोस भिडियो

https://www.facebook.com/100038090082975/videos/pcb.334030387876628/334029604543373/

देश भरिमै सो स्तरको करिव २२ सय मात्र सरकारी चिकित्सक रहेकोमा करिव १५ हजार निजि चिकित्सहरु छन तर सरकारले सरकारीका लागि मात्र ४० प्रतिशत कोटा छुटयाउनुको कारण नै विभेद र पावर/भनसुनको भरमा भर्ना केन्द्र बनाउनु रहेको डा. पजियारले बताए ।

ऐन पछि बनेको आयोगका उपाध्यक्ष श्री कृष्ण गिरीले कसैसंग कुनै सल्लाह नै नगरि गैरसाइन्टिफीक ऐन तरिकाले परिक्षा सञ्चालन गर्न लागेकाले विरोध गरिएको आन्दोलनकारी चिकित्सकहरुको दावी छ । आन्दोलनकारीहरुले सवै सिटमा खुल्ला प्रतिस्पर्धा गर्न मांग गरेका छन् । असोज १५ गते सम्म आवेदन आवहान गरेको आयोग कार्तिकमा परिक्षाको तयारी थालेको छ ।