एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ :
धनुषा क्षेत्र नं. २ का जनता आफनो जनप्रतिनिधीसंग गुनासो गर्न सक्ने थलो पाएका छन् । क्षेत्रवाट प्रतिनिधीसभा सांसदमा निवार्चित जनता समाजवादी पार्टीका साँसद उमाशंकर अरगरियाले जनकपुरधामको भानु चोकमा निर्वाचन क्षेत्रिय सम्पर्क कार्यालय संचालनमा ल्याएका छन् ।

बिहीवार एक समारोहबीच धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद अगरियाले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । जनताको चाहना र भावना बमोजिम निर्वाचिन क्षेत्रिय सम्पर्क कार्यालय जनकपुरमा खोलेको साँसद अरगरियाले जानकारी दिए । उद्घाटन समारोहमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादब, राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश साँसद प्रमेश्वर साह, हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाबा विश्वकर्मा पुजनोत्सवको शुभकामना आदान प्रदान गरिएको थियो । साथै कार्यालय उद्घाटनपछि मधेस शहिदहरुप्रति मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।