एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० :
जनकपुरधामस्थित नवजीवन अस्पतालमा रिपोर्टिङ्ग गर्न गएका दुई जना पत्रकारमाथि प्रहरीले लठ्ठी बर्साउदै कुटपिट गरेका छन । प्रहरीको लाठी प्रहारबाट टुडेखोज डटकमका सम्पादक पत्रकार सन्तोष यादव र संवाददाता सिवेन्द्र रोहिता घाइते भएका छन् । आफू पत्रकार भएको बताइरहँदा पनि प्रहरीले यी दुईमाथि लाठी बर्साएको दृश्य समेत क्यामेरामा कैद भएको छ ।

हेर्नोस दृश्य

https://www.facebook.com/jsynews/videos/3359849697406872/?_nc_cat=104&_nc_sid=b96e70&_nc_ohc=4XTYZBgxRmYAX8_hHLP&_nc_ht=scontent.fbwa3-1.fna&oh=f3a696ca184efcfa8ec6452044b5b906&oe=5F5DBC13&dl=1

नवजीवन अस्पतालमा बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बर्षीया महिलाको पत्थरीको शाल्यक्रिया गर्ने क्रममा मृत्यु भएको थियो । मृतक पक्षधरले चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको भन्दै दोषीलाई कार्वाही गरी क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडान लिएका थिए । तर आज प्रहरी बल प्रयोग गरि शव उठाउन खोजेपछि सो बिषयको रिपोर्टिङ्ग गर्न गएका पत्रकारद्वय यादव र रोहिता माथि समेत प्रहरीले लाठी चार्ज गरेका हुन् ।

साथै प्रह्रीले मृतक महिलाको पक्षधरहरु माथी समेत अन्धाधुन्त लाठी प्रहार गरेका छन् । फोटो खिचिरहेका पत्रकारहरुको मोबाइल समेत खोसेर प्रहरीले फुटाएको पत्रकार रोहितोले बताएका छन् । घटना सम्बन्धमा बुझदा धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले पत्रकारमाथि लाठी प्रहार गरेको बिषयमा आफुलाई जानकारी नभएको बताउँदै यसबारे बुझ्ने काम भइरहेको बताए ।