धर्वेन्द्र कुमार यादव(यदुवंशी)
महोत्तरी, साउन ९ :
अविरल वर्षाका कारणले महोत्तरी जिल्लाको गौशाला नगरपालिका –५ मा एउटा घर भत्किएको छ । स्थानीय शिवसरन साहको घर भत्किएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर भत्किँदा कुनै मानवीय क्षति नभए प्रहरीले बताए ।

केहि दिन देखि परेको अविरल वर्षका कारणले घर भत्किएको छ । घर भत्किएपछि आफुलाई बसोबास गर्न एकदम कठिनाइ भइरहेको साहका श्रीमती अनिता देवीले बताइन् । ‘बसोबास गर्नलाई एउटा मात्रै घर थियो तर त्यो घर पनि भत्कियो अब कसरी बसोबास गर्ने ?’ उनी दुःख पोखछिन ।

श्रीमानको मानसिक सन्तुलन ठिक छैन, घरमा काम गर्ने पनि छैन, आफु स्थानीय बजारमा भाडा भेचेर घर चलाउने गरेको पिडित अनिता देवीले बताइन । अहिले हाल छिमेको घरमा बसोबास गर्दै आएको उनले बताइन । हामीलाई कुनै पनि संघ–संस्थाले सहयोग नगरेको उनले बताइन ।