एसपी रिपोर्टर
जनकपुरधाम, असार २० :
जनकपुरधाममा हिन्दु राष्ट्रपुर्नस्थापनाको मांग गर्दै प्रदर्शन गरिएको छ । नेपाल राष्ट्रवादी समूहले हिन्दु राष्ट्र स्थापनाको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेको हो । शनिबार दिउंसो जनकपुरको जनक चोकवाट पुर्व राजपरिषद सदस्य शिक्षक अगुवा समेत रहेका कारी प्रसाद यादवको अगुवाईमा सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै यादवले नेताहरुको कारण मुलुकनै खतरामा परेको भन्दै नेपाललाई हिन्दू राष्ट्रको रुपमा पुनः कायम गर्नुको विकल्प नरहेको बताए । नेपाल राष्ट्रवादी समुहका अगुवा यादवले देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु आजको मुख्य आवश्यकता रहेको भन्दै एक दबाबमुलक अभियान संचालन गरि राज्यमाथि दवाव सृजना गर्ने बताए ।

प्रदर्शनमा सहभागिहरु राष्ट्रिय सम्झौता खारेज गर, नागरिकता विधेयक फिर्ता गर र भ्रष्टाचार अन्त्य गर लगायतका नारावाजी र प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा राप्रपाका नेताहरु प्रकाश राणा, रामनरेश यादव सहितको सहभागिता रहेको थियो ।