प्रदेश सरकारमाथी दलितहरुको आक्रोस, मधेश भवनमा ढुङ्गामुढा पछि प्रहरी फायर (भिडियो)


एसपी रिपोर्टर
जनकपुरधाम, असार १८ : उपचारको अभावमा मुत्यु भएको राजु सदा र प्रह्री हिरासत भित्र झुन्डिएको मृत अवस्थामा भेटेका शम्भु सदालाई न्याय माग्दै जनकपुरधाममा निकालिएको दलितहरुको जुलुस माथी प्रहरी हस्तक्षेप छ गरेको छ । प्रहरीले छ राउण्ड आँश्रु ग्यास प्रहार गरेको छ । प्रहरी हस्तक्षेप पछि झडपको स्थिती श्रृजना भएको थियो । प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालय परिषरमा ढुङ्गा मुढा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको र प्रहरीले केहि राउन्ड हवाय फायर समेत गरेको छ ।
हेर्नोस भिडियो
प्रहरीको लाठीचार्जवाट दुईजना घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । प्रहरी हिरासत भित्रै झुन्डिएको अवस्थामा मृत भेटिएका शम्भु सदा र राजुको गाँउहरुवाट पनि संयुक्त रुपमा न्याय माग्दै आएका दलितहरुको विरोध जुलुस मुख्यमन्त्री कार्यलय तर्फ आगाडि बढन थालेपछि प्रहरीले हस्तक्षेप गरेका हुन । मिल्सएरिया देखि मधेश भवन सम्मको क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।
मिल्सएरिया देखि मधेश भवन सम्मको क्षेत्रमा तनाव उत्पन्न भएको थियो । दलितका अगुवाहरु प्रहरी दलित भएकै कारण जुलुसमाथी जाइ लागेको आरोप लगाएका छन् । उनीहरुले प्रहरी दमनको विरोध गर्दै संयमता नपनाए झनै कडा आन्दोलनमा जाने बताए । दलित संर्घष समितिका संयोजक चन्देश्वर दासले प्रहरी दमन विरुद्व कडा आन्दोलन तय गर्ने चेतावनी दिएका छन् । धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्की विरुद्व समेत उनीहरु नारावाजी गरेका छन् ।

प्रहरीले जुलुस अगाडि नबढाउन चेतावनी दिएको तर जुलुसमा सहभागि बाक्लो भिड नमानेपछि झडपको स्थित सृजना भएको थियो । भिडलाई नियन्त्रण गर्न प्रहरीले छ राराउण्ड आँश्रु ग्यास प्रहार प्रहार गरेपछि भिड तितरवितिर भएको छ । आक्रोसित प्रदर्शनकारीहरु प्रह्री प्रशासन विरुद्व चर्को नारावाजी गरिरहेका छन् ।
