एसपी रिपोर्टर
जनकपुरधाम, असोज ११ :
धनुषाको विदेह नगरपालिका–८ बफै डिहबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने करिब २० दशमलव ३४ ग्राम लागुऔषधसहित अजय मण्डललाई पक्राउ गरेको छ ।
लागुऔषध किनबेच भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले मण्डललाई नियन्त्रणमा लिने क्रममा तनाव भएपछि अवस्था नियन्त्रणमा लिन एक राउण्ड हवाईफायर गरेको जनाएको छ । घटनामा एक प्रहरी घाइते भएका छन् ।
पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।